Skip to content
LAXMI SUNRISE BANK

युएईमा २५ सय बढी नेपालीले गुमाए रोजगारी, उद्धारका लागि पहल हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युएईमा २५ सय बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनी मार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् ।
१२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर पछिल्लो पटक कम्पनीले एकैपटक ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो । करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि त्यहाँ कार्यरत नेपाली समस्यामा परेका छन् । उनीहरुले आफ्नो समस्याबारे युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका छन् । 
यूएईका विभिन्न क्याम्पमा रहेका ती नेपालीको उद्धारको लागि पहल सुरु गरिएको दूतावासका एक अधिकारीले बताए । उनका अनुसार कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK