Skip to content
LAXMI SUNRISE BANK

उन्नति लघुवित्त र सहकार्य लघुवित्तको एकीकृत कारोबार सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २६ गते, शुक्रबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।
उन्नति र सहकार्य लघुवित्तको गत पुस २९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेपश्चात आजबाट यी दुवै कम्पनीको एकीकृत कारोबार सुरू भएको हो। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन १८ अन्तिम स्वीकृति दिएका थिए ।
यसैगरी, मर्जर पश्चात अब उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू भएकाे हाे । दुवै कम्पनी १०० बराबर ७५ अनुपातमा मर्ज भएका हुन् । हाल उन्नतिको चुक्ता पूँजी रु आठ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्थाको रु एक करोड ४० लाख रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK