
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, ललितपुरका २ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै काठमाडौका ५, महोत्तरीका १, पर्वतका ३, कास्कीका २, स्याङजाका १, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका १४, डढेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ तथा कञ्चनपुरका ३० जनामा पनि संक्रमण देखिएको छ ।
साथै पछिल्लो २४ घण्टामा थप १५६ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्