काठमाडौं । नेपालमा बुधबार २ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय १० जनामा कोरोना पुष्टी जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ । यस्तै बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्।