×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बयोधा अस्पतालका एक स्वास्थ्यकर्मीले सारे १२ जनालाई कोरोना, ललितपुरका ३ वटा वडा सिल !

PRIME CA
GLOBAL IME BANK

बयोधा अस्पतालका एक स्वास्थ्यकर्मीले सारे १२ जनालाई कोरोना, ललितपुरका ३ वटा वडा सिल !

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना भाइरस सारेको पुष्टी भएको छ । काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको छ । कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ गरी तीन वटा वडा सिल गरिएको छ । 
बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो । वडाअध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं. ८ का वडाअध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । 
शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: