काठमाडौं । विश्वभर कोरोनाबाट संक्रमित हुने संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् ।
सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख ४८ हजार ९१४ पुगेको छ । मृत्यु हुनेमा पनि अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म एक लाख ३२ हजार २९९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७ हजार ९६४ पुगेको छ । बेलायतमा अहिलेसम्म ४४ हजार ६०२ जनाको कोरोना भाइरसको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर ६५ लाख ६२ हजार ६७९ संक्रमित निको भइसकेका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्