
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको खोप बनिरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको सकारात्मक परिणाम भए पनि भाइरस विरुद्ध लड्नका लागि अझै काम गर्न आवश्यक भएको बताउनुभएको हो ।
उहाँले जबसम्म खोपको पूर्ण सफलता मिल्दैन तबसम्म जीवन बचाउन आवश्यक रहेको बताउनुभयो । एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टीबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने देखिएको छ । बेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको छ । विश्वमा कोरोना भाइरसबाट एक करोड ४८ लाख बढीमा सङ्क्रमण हुँदा ६ लाख १३ हजारभन्दा धेरैको ज्यान गएको छ । ८८ लाख भन्दा धेरै उपचारपछि निको भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्