
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेड्रोस एड्नम ग्याब्रियसले कोरोनालाई सामान्य रूपमा लिने गल्तीलाई निरन्तरता दिए आगामी दिनमा महामारीको स्थिति कल्पना गरेभन्दा पनि खराब हुने चेतावनी दिएका छन् । विश्वभरका सबैजसो देशले कोरोना नियन्त्रणको प्रयासमा गलत बाटो समातिरहेको कारण संक्रमण घटनुको साटो झन बढिरहेको उनले बताए ।
डब्लुएचओले सुझाएअनुसार सामाजिक दूरी कायम गर्ने, मास्क लगाएरमात्र घरबाहिर निस्कने, नियमित रुपमा साबुन पानीले हात धुनेलगायतका काम विश्वका अधिकांश स्थानमा राम्ररी पालना नगरिएको ग्याब्रियसको भनाइ थियो। पछिल्लो समय उत्तर र दक्षिण अमेरिकासँगै दक्षिण एशियामा कोरोना भाइरस महामारी तिब्रताका साथ फैलिइरहेको छ ।
डब्लुएचओका आपतकालिन निर्देशक डा. माइक रायनले कोरोना भाइरसको विषयमा अझै पनि धेरै कुरा जानकारी भइनसकेको बताउँदै आगामी केही महीनामै प्रभावकारी खोप विकास हुने आशा गर्न नसकिने बताए।
भाइरससँग कसरी बाच्ने भन्ने विषयमा जानकारी हासिल गर्नु अहिलेको स्वास्थ्य विज्ञानको मूख्य चुनौती भएको उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्