
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोना तीव्र गतिमा बिस्तार हुँदै जाँदा दैनिक संक्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार विश्वभर दुई लाख ३० हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । एकै दिन नयाँ संक्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा संक्रमण पुष्टि भएको थियो ।
अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा संक्रमण तीव्र हुँदा दैनिक थपिने संक्रमितको संख्या धेरै भएको हो । आइतबार अमेरिका ९उत्तर तथा दक्षिण० मा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, युरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।
आइतबार विश्वभर कोभिड–१९ बाट पाँच हजार २८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । विश्वभर संक्रमितको संख्या एक करोड २९ लाख १० हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । अहिलेसम्म विश्वभर पाँच लाख ६९ हजार भन्दा बढीको कोभिड–१९ बाट ज्यान गएको छ ।
यस्तै विश्वमै सबैभन्दा धेरै संक्रमित तथा मृत्यु हुनेको संख्यामा दोस्रो स्थानमा रहेको दक्षिण अमेरिकी देश ब्राजिलमा अहिलेसम्म १८ लाख ६४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये ७२ हजार एक सयजनाको ज्यान गएको छ । ब्राजिलमा आइतबार मात्रै ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्