×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ७५ हजार ५४७ पुगेको छ । यस्तै, कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ३८ हजार ४४८ पुगेको छ । यो समाचार तयार गर्दासम्म कोरोना भाइरसका कारण बिरामी भएका ७६ लाख ९८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३८ हजार २४७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३४ लाख ७९ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ६६ हजार भन्दा धेरै नयाँ संक्रमित थपएिका छन् । ब्राजिलमा हालसम्म १८ लाख ८७ हजार ५५९ जना संक्रमित हुँदा ७२ हजार ९२१ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४४ हजार ८३० जनाको मृत्यु भएको छ भने २ लाख ९० हजार १३३ जना संक्रमित रहेका छन् । 
रुसमा ७ लाख ३३ हजार ६९९ संक्रमित हुँदा ११ हजार ४३९ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ३० हजार १२३ जना संक्रमित हुँदा १२ हजार ५४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा २ लाख ४ हजार ४३५ जना संक्रमित हुँदा ३५ हजार ४९१ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ३ हजार ३३ पुगेको छ भने २८ हजार ४०६ जनाको मृत्यु भएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा ३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६०५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २१ हजार ८६८ जना संक्रमित हुँदा ९८२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १६ हजार ९४५ जना संक्रमति फेला पर्दा १० हजार २९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३८ जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी