×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा एकै दिन थपिए दुई लाख बढी संक्रमित, मृत्यु हुनेको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

विश्वमा एकै दिन थपिए दुई लाख बढी संक्रमित, मृत्यु हुनेको संख्या कति पुग्यो ?

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वका कोरोना भाइरसको महामारी विभिन्न क्षेत्रमा तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शनिबार एकै दिन विश्वभर दुई लाख १२ हजार भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो । यसअघि जुन २८ मा एक लाख ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । अमेरिका, ब्राजिल, भारतसहितका देशमा तीव्र गतिमा संक्रमित थपिइरहेका छन् ।
विश्वभर हालसम्म एक करोड १३ लाख ८६ हजार ५६० जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये पाँच लाख ३३ हजार ५८१ जनाको ज्यान गएको छ । डब्लुएचओले विभिन्न देशहरुले संक्रमण बढिरहे पनि त्यसलाई बेवास्ता गर्दा समस्या थप विकराल बन्दै गएको भनि चिन्ता व्यक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: