
काठमाडौँ । कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् । त्यसैगरी रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।
भारतमा विगत २४ घण्टामा २८ हजार सङ्क्रमित
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा एकैदिन एक हजार ७१ को मृत्यु
त्यसैगरी ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भियतनाममा भेटिएनन् सङ्क्रमित
कोरानाभाइरसबाट प्रभावित हुदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् । स्थानीय समय अनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ । सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४।६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् । भियतनाममा कोरोनाभाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्