×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना वर्ल्ड अपडेट : मृतकको संख्या ६ लाख ४८ हजार नाघ्यो, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोना वर्ल्ड अपडेट : मृतकको संख्या ६ लाख ४८ हजार नाघ्यो, कति पुगे संक्रमित ?

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्घाखाँची
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ लाख ४८ हजार ४४५ पुगेको छ । यस्तै,  संक्रमित हुनेको संख्या १ करोड ६२ लाख २ हजार ३८५ पुगेको छ । हालसम्म कोरोन संक्रमणबाट ९५ लाख ३५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 
पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६७ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख १५ हजार ७०९ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४९ हजार ३९८ जनाको मृत्यु भएको छ । 
ब्राजिलमा हालसम्म २३ लाख ९६ हजार ४३४ जना संक्रमित हुँदा ८६ हजार ४९६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ लाख ८५ हजार १३० संक्रमित हुँदा ३२ हजार ९६ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १९ हजार ५०१ पुगेको छ भने २८ हजार ४२२ जनाको मृत्यु भएको छ । 
बेलायतमा हालसम्म ४५ हजार ७३८ जनाको मृत्यु भएको छ भने २ लाख ९८ हजार ६८१ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ८८ हजार ८३९ जना संक्रमित हँदा १५ हजार ४८४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ७३ हजार ११२ संक्रमित हुँदा ५ हजार ८२२ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ६४ हजार ९७३ हजार संक्रमित हुँदा २ हजार ७०३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४५ हजार ८६४ पुग्दा ३५ हजार १०२ जनाको मृत्यु भएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ८३० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २८ हजार ७८६ जना संक्रमित हुँदा ९९३ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १८ हजार ४८३ जना संक्रमति फेला पर्दा १३ हजार ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४५ जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी