×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो, ६ लाख १३ हजार बढीले गुमाए ज्यान

LAXMI SUNRISE BANK

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो, ६ लाख १३ हजार बढीले गुमाए ज्यान

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ५७ हजार ४८१ पुगेको छ । यस्तै, ज्यान गुमाउनेको संख्या पनि ६ लाख १३ हजार ३४० जना पुगेको छ । हालसम्म ८९ लाख ११ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । 
अमेरिकामा मात्रै ६२ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ६१ हजार ४२९ पुगेको छ । यहाँ हालसम्म १ लाख ४३ हजार ८३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म २१ लाख २१ हजार ६४५ जना संक्रमित हुँदा ८० हजार २५१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ११ लाख ५४ हजार ९१७ संक्रमित हुँदा २८ हजार ९९ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ७७ हजार ४८६ संक्रमित हुँदा १२ हजार ४२७ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ लाख ७३ हजार ४२८ जना संक्रमित हुँदा ५ हजार १७३ जनाको मृत्यु भएको छ ।
पेरुमा ३ लाख ५७ हजार ६८१ जना संक्रमित हुँदा १३ हजार ३८४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख ४९ हजार ४९६ जना संक्रमित हुँदा ३९ हजार ४८५ को मृत्यु भएको छ । चिलीमा ३ लाख ३३ हजार २९ संक्रमित हुँदा ८ हजार ६३३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ११ हजार ९१६ पुगेको छ भने २८ हजार ४२२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार ३१२ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ३७२ जना संक्रमित रहेका छन् । 
यता, इरानमा २ लाख ७६ हजार २०२ जना संक्रमित हँदा १४ हजार ४०५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६६ हजार ९६ संक्रमित हुँदा ५ हजार ६३९ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ५३ हजार ३४९ हजार संक्रमित हुँदा २ हजार ५२३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४४ हजार ६२४ पुग्दा ३५ हजार ५८ जनाको मृत्यु भएको छ । 
टर्कीमा २ लाख २० हजार ५७२ संक्रमित हुँदा ५ हजार ५०८ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ७ हजार ४५३ संक्रमित हुँदा २ हजार ६६८ को मृत्यु भएको छ । जर्मनीमा २ लाख ३ हजार ४८७ जना संक्रमित हुँदा ९ हजार १७३ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७६ हजार ७५४ हुँदा ३० हजार १७७ जनाको मृत्यु भएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६९३ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २५ हजार ९६ जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ८४४ जना संक्रमति फेला पर्दा ११ हजार ८६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४० जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी