×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवसायीहरु सहमतिमा आए, साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउने घोषणा !

LAXMI SUNRISE BANK

यातायात व्यवसायीहरु सहमतिमा आए, साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउने घोषणा !

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । यातायात व्यवसायीले ८ साउनदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
सरकारले असार २६ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले भने विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरिरहेका थिए । तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रा.लि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको छ ।
यसअघि महासंघलगायत सरोकारवालाले सरकारी प्रतिनिधिसँग वार्ता गरी विभिन्न सहमति गरेसँगै यातायात सञ्चालन गर्न व्यवसायी राजी भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी