×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार कञ्चनपुरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि, अन्यको पनि कोरोना परिक्षण हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अख्तियार कञ्चनपुरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि, अन्यको पनि कोरोना परिक्षण हुने

Artha Sarokar

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरकोकार सुदुरपश्चिम ब्युरो 

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भएको कोरोना परिक्षणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका उनमा कोरोना पुष्टि भएको हो । अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र प्रसाद रिजालका अनुसार उनलाई अहिले महाकाली अस्पतालको आईसोलेसनमा राखिएको छ ।

अख्तियारका कर्मचारीमा सक्रमण पुष्टि भएलगत्तै संक्रमितको सम्कर्पमा आएका व्यक्तिको परीक्षण भएको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कञ्चनपुर कार्यालयमा रहेका अन्य कर्मचारीको स्वाव संकलन गर्ने समेत तयारी छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी