×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तको चौथौ त्रैमास: खुद नाफा बढ्यो, इपीएस कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आरम्भ चौतारी लघुवित्तको चौथौ त्रैमास: खुद नाफा बढ्यो, इपीएस कति ? (विवरणसहित)

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ३ करोड २२ लाख ६४ हजार रुपैयाँ खुद नाफा  कमाएको छ । य्यो नागा अघिल्लो वर्षको तुलनामा १२.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले ८५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै क्रमश: ९७.२१% र ११.२९% ले बढेको छ। संस्थाको खुद ब्याज आम्दानी १८ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले ९ करोड ५३ लाख ७ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । प्रकाशित विवरण अनुसार संस्थाको सञ्चालन नाफा ४ करोड ५५ लाख ५४ हजार रुपैयाँबाट बढेर ५ करोड ७ लाख १ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकोले खुद नाफा माथि जान सहयोग पुगेको हो ।
यो चौथौ त्रैमाससम्म यसको खराब कर्जा ०.९३% ले बढेर १.४४% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा अनुपात ०.५१% मात्र थियो । संस्थाको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९८ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: