
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो ।
योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित भएका छन् । तीमध्ये ११६ जना निको भएर फर्किएका छन् ।