
- अर्थ सरोकार सम्बाददाता
पोखरा । प्रहरीले लागुऔषधसहित बैंकका एक पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय विशाल घमाल हुन् । घमाललाई बिहीबार बिहान साढे ११ बजे जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-११ तुलसीमार्गबाट पक्राउ गरेको हो ।
उनी बैंकका पूर्व कर्मचारी रहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए । उनको कोठाबाट प्रहरीले ३ किलो ४ सय ग्राम गाँजा, ३०० ग्राम चरेश, ट्रमाडोल नामक लागुऔषध र तौल गर्ने मेसिन बरामद गरेको छ ।
विभिन्न स्थानमा लागुऔषध बिक्री वितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनछक्क
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्