Skip to content
LAXMI SUNRISE BANK

मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ, १७ हजार रुपैयाँ घुस लिएको आरोपमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । घुस लिएको आरोपमा उदयपुरस्थित सव-डिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएकाे प्रहरीको टोलीले यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोदकुमार साह, फोरेस्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनीका फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउतलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि प्रहरीको टोलीले खानतलासी गरेको थियो । सो क्रममा घुसबापतको रकम फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको जिम्मा लगाएको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK