×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको होला, सरकारलाई थाहा छैन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको होला, सरकारलाई थाहा छैन’

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्त गरेको टिप्पणी गरेका  छन् । मंगलबार सांझ एकाएक सामाजिक सञ्जालमा सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नियुक्त गरेको भन्दै हल्ला फिजिएपछी प्रवक्ता खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । 
सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार खतिवडाले सामाजिक सञ्जालले दिएको नियुक्तिका बारेमा सरकारलाई थाहा नहुने बताए । यता घिसिङको पुनः नियुक्तिका विषयमा कुनै प्रस्ताव पनि मन्त्रिपरिषदमा नलगिएको र छलफलसमेत नभएको उनले बताए ।
नियुक्तिबारे हल्ला फैलिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पुनः नियुक्तिका विषयमा प्रस्ताव नै नलगेको प्रतिक्रिया दिएका थिए । घिसिङको ४ वर्षे कार्यकाल यही भदौ २९ गते पूरा हुँदैछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: