- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आशा लघुवित्तको सेयर मूल्य मंगलबार एकाएक उकालो छ । संस्थाको सेयर मूल्य झण्डै ६ प्रतिशतले बढेको हो । लाभांश वितरणको प्रस्ताव गर्न सञ्चालक समितिको बैठक बस्न लागेको सूचना चुहिएपछि लघुवित्तको सेयर मूल्य पछिल्लो दिनयता उकालो लागिरहेको छ । उक्त सूचना संस्थाका संचालकले नै चुहाएको आरोप छ ।
गत मंगलबार मात्र लघुवित्तको प्रतिकित्ता शेयर ६४४ रुपैंयामा किनबेच भएको थियो । आज (मंगलबार) लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ७३६ रुपैंयासम्ममा कारोबार भई रहेको छ ।