×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल अडिटर्स एसोसिएसनले आगामी मंगलबार खुल्ला रक्तदान र अर्थमन्त्रीसँग छलफल गर्ने

LAXMI SUNRISE BANK

नेपाल अडिटर्स एसोसिएसनले आगामी मंगलबार खुल्ला रक्तदान र अर्थमन्त्रीसँग छलफल गर्ने

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन अडानले आफ्नो स्थापना दिवसको अवसरमा पारेर बृहद खुल्ला रक्तदान र भर्चुअल कार्यक्रम गर्नेभएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा हुने १५ औँ अडान डे मा भर्चुअल संवाद मार्फत एसोसियसनले आयोजना गरेको कार्यक्रममा एसिसिए ग्लोबलसँग सम्झौता हुने अडानका कार्यकारी निर्देशक नरेश खनालले जानकारी दिएको छ । कार्यक्रममा माननीय महालेखापरिक्षक टंकमणि शर्मा, राष्ट्र बैँकका गर्भरनर महाप्रसाद अधिरकारी, आईक्यानका अध्यक्ष मदन शर्मा र एसिसिए ग्लोबलका प्रतिनिधिहरुको सहभागिता रहने बताईएको छ ।

कार्यक्रम जुम वेविनारमार्फत दिउँसो २ बजेबाट ३:३० बजेसम्म हुने जनाईएको छ । साथै अडानले आगामी साउन २० गत नैे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ७ः३० बजे खुल्ला रक्तदान कार्यक्रम गर्ने एसोसिएसनले जनाएको छ । “राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान” प्रमुख नारा बनाएको अडानले आफ्नो पेशागत मर्यादाको संरक्षण गर्न सदैव लागिरहने पनि जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी