×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जको कोरोना अस्पतालबाट दुई संक्रमित भागे

GLOBAL IME BANK

वीरगञ्जको कोरोना अस्पतालबाट दुई संक्रमित भागे

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालमा उपचार २ जना कोरोना संक्रमित अस्पतालबाट भागेका छन् ।
राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: