
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । देशभरी बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको हो । देशभरी जोखिम रहेका बस्तीहरुलाई पहिचान गरी स्थानान्तरण गर्न कुनै कानूनी अड्चन भए कानून निर्माण गर्ने विषयमा छलफल भएको पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले बताउनुभयो । छलफलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जग्गा सट्टापट्टा गर्ने सम्बन्धमा संसदको आगामी बैठकबाट नै कानून निर्माणको प्रकृया अगाडी बढाउने बताउनुभएको तामाङले बताउनुभयो । कृषि र आर्थिक रुपमा बाँच्ने आधार निर्माण गरी बस्ती स्थानान्तरण गर्ने र पुरानो बस्ती भएको बन क्षेत्र घोषणा गरी कानून निर्माण गर्ने सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।
छलफलमा सिन्धुपाल्चोक जिल्लामा जोखिममा रहेका बस्तीहरुलाई अल्पकालिन रुपमा सुरक्षीत स्थानमा सार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत काम अघि बढाउने विषयमा पनि छलफल भएको छ । छलफलमा सहभामुख अग्नि प्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त बहादुर नेम्वाङ र बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेल लगायतको सहभागिता रहेको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्