×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बागलुङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बागलुङ । बागलुङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बरेङ गाउँपालिका २ का २५ वर्षीया महिला, उनका ६ वर्षीय छोरा र बागलुङ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । संक्रमितहरु सबै भारतबाट आएका हुन् । ६ वर्षीय बालक र उनकी आमा गत साउन २७ गते भारतबाट आएर बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् भने बागलुङ नगरपालिका वडा नम्बर १३ का युवा पनि भारतबाट आएर बानपा १ को क्वारेन्टाइनमा छन् । 
संक्रमित महिला र छोरालाई आइसोलेसमा ल्याइने र उनका श्रीमान र छोरालाई क्वारेन्टाइनमै राखेर दुवैको पुनः स्वाब लिइने गुरौले जानकारी दिए । योसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७१ पुगेको छ । जसमध्ये २ सय ४६ जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी