×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङकी एक स्वास्थ्यकर्मीसहित गण्डकीमा २४ संक्रमित थपिए, संक्रमितको संख्या २ हजार नाघ्यो !

GLOBAL IME BANK

बागलुङकी एक स्वास्थ्यकर्मीसहित गण्डकीमा २४ संक्रमित थपिए, संक्रमितको संख्या २ हजार नाघ्यो !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बागलुङका एक स्वास्थ्यकर्मीसहित प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । बागलुङको तमानखोला गाउँपालिका–२ को स्वास्थ्य संस्थामा काम गर्ने ३० बर्षीया महिला स्वास्थ्यकर्मी र सोही ठाउँकी २३ वर्षीया व्यापारी महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । 
क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीक्षणमा तनहुँका २२ जनामा संक्रमण पुष्टी भएको छ । सबै संक्रमितको सम्पर्कमा आएको भएकाले जाँच गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय २३ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: