×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कोरोना संक्रमण फैलाउने केन्द्र बन्दै सरकारी कार्यालयहरु, कस्मेटिक पसलमा पनि ब्यापक भिड !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाडदेखि बैतडीको पाटन बजारमा सामाजिक दुरीबिनै सामान किन्दै स्थानीयवासीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकतालगायत विभिन्न सरकारी सेवा लिन आएका सेवाग्राही । बन्दाबन्दी खुलेपछि जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको छ । 
जिल्ला मालपोत कार्यालय तनहुँभित्र रहेको नेपाल बैंकको एक्सटेन्सन काउण्टरमा भीड । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि सरकारी कार्यालयमै बढी भीडभाड देखिएको छ । 
बैतडीको पाटन बजारमा सामान किन्दै स्थानीयवासी । कोरोनाको सङ्क्रमण बढिरहेका अवस्थामा पनि भौतिक दूरी कायम गरिएको भने देखिँदैन ।  
बजार क्षेत्रमा भिडभाड बढ्न थालेपछि पाटन बजारमा अनुगमन गर्दै जिल्ला सुरक्षा समितिको टोली  । उक्त टोलीमा जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायतको सहभागिता छ ।  
अविरल वर्षाका कारण मार्तडी घटमुना सडक अवरुद्ध भएपछि गौमुल गाउँपालिकाको राहत सामग्री खच्चरमार्फत ढुवानी गर्दै । 
बेंसीसहर -चामे सडकखण्डमा मोटर चल्ने पुल निर्माण हुँदै  । द क्याराभान कन्सलटेन्सीले विसं २०७२ मा पुल निर्माणको जिम्मा पाए पनि अझै  कार्य सम्पन्न गर्न सकेको छैन  ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को दक्षिणी भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दन–५ बाट बिहीबार सुरक्षाकर्मीले बरामद गरेको एक हजार ५०० किलो अवैध सूर्ति ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका डेढ वर्षीय नारायण रानाको बुबा विष्णुबहादुर रानालाई बिहीबार किरिया खर्च वापत रु ५० हजार प्रदान गर्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल । बुधबार राति चितुवाको आक्रमणबाट नारायणको निधन भएको थियो । 
राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङखण्ड अन्र्तगत बागलुङ नगरपालिका–३ रातामाटामा सडक नाला निर्माण गर्दै मजदुर । कोरोनाका कारण रोकिएको लोकमार्ग निर्माणले पुनः गति लिएको छ । 
पोखराको कान्तिपुर होटल ट्रेनिङ इन्स्टिच्युटमा नेपाली खानाको थाली बनाउनुपश्चात् तालीममा आफुले तयार गरेको थालीका साथ विदेशी पर्यटक  । 
२५औँ सामुदायिक वन दिवसका अवसरमा पोखरा –२७ दिपाङ्गताल किनारास्थित पन्थ डाँडा सामुदायिक वनमा रोपिएका बिरुवा गोडमेल गरिँदै । बिरुवा सामुदायिक वन दिवसका अवसरमा अघिल्लो वर्ष रोपिएको थियो । 
आठ दिनदेखि सडकमै बसिरहेका कैलालीका बाढीपीडित गर्भवती, सुत्केरी र शारीरिक अशक्त नागरिक । तिनीहरु भजनीको पथरैया पुलमाथि सडकमा बसेकामा दिनचर्या कष्टकर भएको छ ।
बैतडीको पाटन बजारमा मास्क नलगाउनेलाईएक सय जरिवाना तिराउँदै प्रहरी । लकडाउन खुलेसँगै बजारक्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएरै हिडडँुल गर्ने गरेको पाइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: