×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगरपालिकाको कामप्रति वडा अध्यक्षकै तिक्तता, ‘समृद्धीको नाममा खोक्रो विकास भयो…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नगरपालिकाको कामप्रति वडा अध्यक्षकै तिक्तता, ‘समृद्धीको नाममा खोक्रो विकास भयो…’

Artha Sarokar

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी यतिबेला जलगढीमा परिणत भएको छ । धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी वडा नं.३, १, ८, ४ लगाएताको क्षेत्र सबैभन्दा बढी डुबानको समस्यामा परेका छन् । 

अर्थ सरकोकारको टिम यि क्षेत्रमा पुग्दा डुबानका कारण विस्थापित हुनुपरेका परिवारको अवस्था देखिनसक्नुको थियो । घरभित्रै पानि पसेपछि खानको लागि खाद्यान्न नै नभएको र बस्नको लागि निकै पिडा भएको गुनासो जनताले गरेका थिए । जनताकै ति समस्या लिएर जनप्रतिनिधिसम्म पुग्दा जनप्रतिनिधिको प्रतिक्रिया भने अलि भिन्नै रुपमा प्राप्त भयो । 

के थियो जनप्रतिनिधिको प्रतिक्रिया ? 

वर्षौँदेखी रहँदै आएको यो डुबानको समस्या समाधान नहुनुमा जनप्रतिनिधिकै लापरवाही रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐरले बताए । बहसमुलक रेडियो कार्यक्रम सुदूर बहसमा बोल्दै ऐरले भने, ‘मैले यो समस्याका बारेमा प्रत्येक वर्ष तिनै तहका सरकारलाई भन्दै आएको छु, अव त भन्न पनि लाज लागि सक्यो ।   

धनगढी सुदूरपश्चिममा एउटामात्रै उपमहानगरपालिका हो । त्यतिमात्रै होइन सुदूरपश्चिमकै अस्थायी राजधानि पनि हो । ‘यहाँ मुख्यमन्त्रीदेखी सासंद, मन्त्री, मेयर सबै छन् तर सबैको काम गराई खोक्रो छ’ , अध्यक्ष ऐरले भने, ‘कयौँ पटक समस्या राखेको छु तर यि तिनै तहका सरकारको आश्वासनका कारणले गर्दा आफै जनताको अप्रिय बन्नु परेको छ ।’  

नेता तथा जनप्रतिनिधिहरु समृद्धि र विकासका लागि खर्च गर्न भन्दा पनि बढी आफ्नै भावी सन्ततिका लागि सम्पत्ति जोगाउन व्यस्त बनेको उनको तर्क थियो । त्यस्तै उनले धनगढी उपमहानगरपालिकाले योजना निर्माण गर्दा र बजेट विनियोजन गर्दा वडा नम्बर ३ लाई सँधै हेप्ने गरेको आरोप लगाए । 

अध्यक्ष ऐरले उक्त डुबानको समस्या समाधान नहुनुमा तिनै तहका सरकारको उदासिनता रहेको दोहोर्याउँदै जनताले दिएको मत र तिरेको करको सम्मान गर्दै बेलैमा ध्यान नदिए जनता सडकमा उर्तिन सक्ने समेत चेतावनि दिए ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी