×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बल्खु र कालीमाटी तरकारी बजारमा लेखराज भट्टको छड्के, अत्याधिक भिड देखेपछी व्यवस्थापन गर्न ठाडो निर्देशन !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बल्खु र कालीमाटी तरकारी बजारमा लेखराज भट्टको छड्के, अत्याधिक भिड देखेपछी व्यवस्थापन गर्न ठाडो निर्देशन !

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज बल्खु र कालीमाटी तरकारी बजारको अनुगमन गरेका छन् । मन्त्री भट्टले अनुगमनका क्रममा उक्त स्थानहरुमा सर्वसाधारणको ब्यापक भिड देखेपछी व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । 
सोमबार बिहान ५ बजे कालीमाटी बजार पुगेका मन्त्री भट्टले त्यसपछि बल्खु बजारको अनुगमन गरेका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञापछि बजारमा तरकारी तथा फलफूलको मूल्य बढेको, सामाजिक दूरी कायम नभएको तथा भिडभाड बढेको कारण भएको जोखिमबारे मन्त्रीले भट्टले स्थलगत अनुगमन गरेको जनाएको छ । 
बल्खु र कालीमाटी बजारमा अत्याधिक भिड देखेपछि मन्त्री भट्टले सुरक्षाकर्मीलाई सामाजिक दूरी कायम गराउन, मास्क तथा स्यानिटाईजरको प्रयोग गराउन तथा अटेरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: