×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बनेपाको स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत २७ कर्मचारीसहित २९ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

बनेपाको स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत २७ कर्मचारीसहित २९ जनामा कोरोना संक्रमण पुष्टी !

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । काभ्रेमा शुक्रबार थप २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बनेपामा रहेको स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत २० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले बनेपामै रहेको शीरमेमोरियल अस्पतालमा एक पुरुष र भुम्लु गाउँपालिका बस्ने एक पुरुषमा कोरोना देखिएको जानकारी दिएको छ । 
जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २२ पुगेको छ । अधिकाशं संक्रमितहरु होम आइसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रमितमध्ये ८१ जना व्यक्तिहरु उपचारपछि घर फर्किसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: