- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निषेधाज्ञाका अवधिमा पनि बैंकिङ सेवा बन्द नहुने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा बुधबार रातीबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएता पनि बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखिएकाले उक्त सेवा बन्द नहुने भएको हो ।
यता नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पनि बैंकिङ सेवा बन्द नहुने बताए । यधपि निषेधाज्ञाका कारण सेवाग्राही भने बैंकसम्म पुग्न सकेका छैनन् । त्यसकारण बैंकका शाखा खुल्नुको पनि कुनै अर्थ छैन ।
यसो त सुरक्षाकर्मीहरुले आज बिहानै बैंकका कर्मचारीहरुलाई सडकमा रोकेका थिए । जसमा केहि बैंकका सीईओसमेत परेका थिए । सुरक्षाकर्मीहरुले रोकेपछि बैंकर्स संघ र प्रशासनबीच कुरा मिलेपछि सबै बैंकका पूर्वनिर्धारित शाखाहरु खुल्ने भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्