- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई नरोक्न निर्देशन दिएको छ । गृहले काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई नरोक्न निर्देशन दिएको हो । गृहले अत्यावश्यक सेवामा बैंकिङ क्षेत्रलाई राखिएका कारण कार्यालय आवतजावतमा अवरोध नपु¥याउन तीनै वटा प्रशासन कार्यालयलाई भनेको हो ।
यता आज ट्राफिक प्रहरीले भने बैंकका सीइओदेखि कर्मचारीसम्मलाई बाटोमा रोकेको थियो । बैंकका कर्मचारीलाइ चोर फटाहाहरु जस्तो व्यवहार गरिएको भन्दै बैकर्स संघले बिहीबार सबै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो ।