
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, ¥याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्व भर चिनाएको छ । आन्तरिक तथा वाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यति वेला कोरोनाको चपेटामा परेका छन् ।
नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन, आदि प्रतियोगिताले विश्वमा चर्चा बटुल्ने गरेका छन् । तर अहिले यस्ता दौडका साथ बन्जीजम्प, साइकिलिङ जस्ता अन्य सहासिक खेल कोरोनका कारण आयोजना हुन सकेका छैनन् । विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे । अनि नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर अहिले समय ठीक उल्टो भएको छ । प्रतियोगिताहरु हुन सकेका छैनन । नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी तवरबाट नै पहल गर्नु पर्ने कतिपय सरोकावालाले बताउँदै आएका छन् । विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाउँदा रोजगारी, उद्योग र पर्यटनले देशको कोल्टे फेरेको धेरै उदहरण छन् । त्यसैले व्यवसायीलाई राहत र सहुलियत सरकारले दिनु पर्ने पो हो की ? हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्