×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक प्रहरी र नेपाल राष्ट्र बैंकबीच सहमति, भोलिबाट परिचयपत्र बोकेका बैंकका कर्मचारीलाई नरोकिने !

अर्थ सरोकार

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार

PRIME CA

ट्राफिक प्रहरी र नेपाल राष्ट्र बैंकबीच सहमति, भोलिबाट परिचयपत्र बोकेका बैंकका कर्मचारीलाई नरोकिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ट्राफिक प्रहरी र नेपाल राष्ट्र बैंकबीच सहमति भएको छ । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई भोली (शुक्रबार)बाट कार्यालय आवतजावतमा रोक नहुनेसम्बन्धी  सहमति भएको हो । निषेधाज्ञा जारी भएको पहिलो दिन अर्थात आज बैंकका सीइओ र कर्मचारीलाई ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेको थियो । त्यसपछि  पाल बैंकर्स संघले आजका लागि बैंक नखोल्ने निर्णय गरेको थियो । 
राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले प्रशासनको सर्कुलर र ट्राफिक प्रहरीकाबीचमा समन्वय नहुँदा समस्या उत्पन्न भएको बताए । उनले भोलिबाट बैंकका कर्मचारीले परिचयपत्र बोकेर कार्यालय आवतजावत गर्न सक्ने पनि बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: