×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या ६ सय ६३ पुग्यो

PRIME CA
GLOBAL IME BANK

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या ६ सय ६३ पुग्यो

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । 
स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ । यस्तै नेपाली सेनाको फिल्ड एम्बुलेन्स दाङबाट संकलित स्वाबको भेरी अस्पताल नेपालगन्जकै प्रयोगशालामा परीक्षण गर्दा अन्य ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ८० जनाको परीक्षण हुँदा बाँकेका २६ जना र अन्य विभिन्न जिल्लाका ३३ जनासहित ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: