×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा अटेर गर्ने २०० जना पक्राउ, गरियो यस्तो कारवाही !

GLOBAL IME BANK

निषेधाज्ञा अटेर गर्ने २०० जना पक्राउ, गरियो यस्तो कारवाही !

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैँ  फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका हुन् । 
सोही क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टिन पठाइएको प्रहरी प्रमुख रानाले बताए । निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रमण रोग नियमन उल्लङ्घन ऐनअन्तर्गत १०० जरिवाना लिएर छाडिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: