×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगञ्जका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो । तीन सय जनाको पीसीआर परीक्षण गर्दा बाँकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।
बाँकेका २० जनामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका ७ महिला र ८ जना पुरुष, कोहपुरका ४ जना पुरुष र एकजना ५२ वर्षका पुरुष जिल्ला समन्वय समिति बाँकेका रहेका छन् । ती पुरुषको ठेगाना डीडीसी बाँके लेखिएको छ । बर्दियाका संक्रमित दुबैजना महिला हुन् ।
एकजना गुलरिया नगरपालिका–५ कि ५६ वर्षीया र अर्की बांसगढी नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । योसंगै बांकेमा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी