×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

PRIME CA
GLOBAL IME BANK

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

इलाम
  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । 
गए राति ११.४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा उनको सोमबार दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो । 
मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: