×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपटक नेपाली महिला बैंकरमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

पहिलोपटक नेपाली महिला बैंकरमा कोरोना संक्रमण पुष्टी !

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पहिलोपटक नेपाली महिला बैंकरमा कोरोना संक्रमण पुष्टी भएको छ । एक वाणिज्य बैंकको शाखामा कार्यरत उनलाई कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई अहिले आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको बुझिएको छ । कन्ट्याक्ट ट्रेसीङ गरी उनी सम्पर्कमा आएकाहरुकोसमेत परिक्षण गरिएको छ । उनीहरुको परिक्षणको नतिजा आउन बाँकी छ ।
पछिल्लो समय बैंकरहरुमा कोरोना संक्रमण देखिएपछि बैंकका कर्मचारीहरु पनि त्राहिमाम भएका छन् । बैंकहरुमा कोरोना संक्रमण देखिन थालेपछि बैंकहरुले सजगता पनि बढाएका छन् । केहि दिनअघि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, मेगा बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेडलगायतका बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक लिमिटेडका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: