×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका कर्मचारी बाटोमै अलपत्र ! बैंक बन्द हुँदा बिचल्लीमा सेवाग्राही ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार

PRIME CA

बैंकका कर्मचारी बाटोमै अलपत्र ! बैंक बन्द हुँदा बिचल्लीमा सेवाग्राही ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । गएरातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ । प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपछि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ ।
मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सिमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ । कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ । बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन । सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन । बौद्ध जोरपाटीबाट प्रभु बैंकको मुख्य कार्यालयमा सेवा लिन आएका बलराम श्रेष्ठले महामारीको बेला टाढाबाट आउँदा पनि सेवा नपाउँदा दुःख भएको बताउनुभयो ।  
काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी साथीमार्फत पाएको उल्लेख गर्दै उहाँले सबैभन्दा नजिक पर्ने मुख्य कार्यालय भएकाले आएको बताउनुभयो । बैंकले कर्मचारीहरुलई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी आफुलाई दियएको उहाँले बताउनुभयो । भोली समेत कार्यालय खुल्ने नखुल्ने एकिन नभएको जानकारी आफुले पाएको उहाँले बताउनुभयो । प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि त्यसो नभएको संघको भनाई छ । प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राखेको छ । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: