×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगमका कर्मचारीसहित थप ९२ जनामा कोरोना पुष्टी, जनप्रतिनिधिहरु पनि संक्रमित !

GLOBAL IME BANK

आयल निगमका कर्मचारीसहित थप ९२ जनामा कोरोना पुष्टी, जनप्रतिनिधिहरु पनि संक्रमित !

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बारा । बारामा सोमबार ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जनप्रतिनिधि र कर्मचारीसहित थप ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित हुनेहरुमा कलैया उपमहानगरपालिकाका चार जना वडाध्यक्ष र इन्जिनियरसहितका कर्मचारी गरी ७३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यस्तै अमलेखगञ्जको नेपाल आयल निगमका दुई जना अधिकृतसहित पाँच जना कर्मचारीमा पनि कोरोना देखिएको हो ।
संक्रमित कर्मचारीलाई होटलको आइसोलेशनमा राखिएको छ । साथै अमलेखगञ्जमा कर्मचारी र टयाङ्कर चालक गरी १६ जना, परवानीपुर गाउँपालिका ५ को बहुअरिका एक र अन्य दुई जनामासमेत कोरोनाको देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: