×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा कौडा खेलिरहेका ७ जना प्रहरीको फन्दामा, २ लाख ९१ हजार रुपैयाँ र १६ थान कौडा बरामद !

PRIME CA
GLOBAL IME BANK

बारामा कौडा खेलिरहेका ७ जना प्रहरीको फन्दामा, २ लाख ९१ हजार रुपैयाँ र १६ थान कौडा बरामद !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

बारा । प्रहरीले कौडा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका २ स्थित कुमार श्रेष्ठ र प्रद्युम्‍न वैद्यको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका १५ बस्‍ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मानबहादुर गुरुङ, सर्लाही वाग्मती नगरपालिका १ बस्‍ने ४१ वर्षीय ताराकुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका ८ बस्‍ने ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका २ बस्‍ने ३५ वर्षीय विनोदप्रसाद यादव, सल्यान बडिमालिका नगरपालिका ८ बस्‍ने ३२ वर्षीय भुवन चन्द र सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ७ बस्‍ने २५ वर्षीय पदम नेवार छन् । प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: