×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपचारका क्रममा मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा मृत्यु हुनेको संख्या ५ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उपचारका क्रममा मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा मृत्यु हुनेको संख्या ५ पुग्यो

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण  पुष्टी भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । योसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी