
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सा र बारामा एकैसाथ ठूलो संख्या थपिएका छन् । पर्सा र बारामा एकैसाथ १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । जसमा ३४ जना महिला छन् ।
पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।संक्रमित हुनेमा नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेना छन् । पर्सामा हालसम्म कोरोनाबाट २८ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्