×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारा र पर्सामा गरी थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टी, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

PRIME CA
GLOBAL IME BANK

बारा र पर्सामा गरी थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टी, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । बारा र पर्सामा गरी आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । ज्वरो आएर वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गएर आफैँ परीक्षण गराएका २१ जना डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित ६५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । 
यस्तै नारायणी अस्पतालकै प्रयोगशालामा बाराका ५ जनामा पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । सङ्क्रमण देखिएकामध्ये नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वार्टरमा बस्दै आएकी ३५ वर्षीया महिला छन् । 
त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना डाक्टर र २३ वर्षीय एक युवकमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ।
संक्रमितमध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरकाअनुसार योसँगै पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको पीसीआर ल्याबले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-३ का ३० वर्षीया महिला र ३ वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा करेण्टीन ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा कोरोना देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: