×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमणको खतरा बढेपछी काठमाडौँ उपत्यकाका स्थानिय तहबाट दिइने सेवा भदौ १५ गतेसम्म स्थगित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संक्रमणको खतरा बढेपछी काठमाडौँ उपत्यकाका स्थानिय तहबाट दिइने सेवा भदौ १५ गतेसम्म स्थगित

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो । उपत्यकामा कोभिड-१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ । 
उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिनुभयो । अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार दुई हजार ७ ४६ संक्रमित भेटिएकाले करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताउनुभयो । 
बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ । बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताउनुभयो । ‘काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उहाँले भन्नुभयो, ‘हामीले त्यो घेरा तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’ 
कोरोना महहामारी नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेशन गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बैठकमा सहभागीको माग थियो । स्वाथ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको स्पष्ट पार्नुभयो । विभागका डा अमित पोखरेलले तत्काल कन्ट्याक्ट टे«सिङबाट परीक्षण गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: