×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुर नगर प्रवेश गर्ने १३ नाकामा कडाइ, ती कुन-कुन हुन् ? (विवरणसहित)

GLOBAL IME BANK

भक्तपुर नगर प्रवेश गर्ने १३ नाकामा कडाइ, ती कुन-कुन हुन् ? (विवरणसहित)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । समुदायस्तरमै कोरोना भाइरस फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ । नगरपालिकाले सोमबारदेखि भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
नगरपालिकाले सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको छ । भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, अर्का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कोरोना सङ्क्रमितको व्यवस्थापनको लागि आवश्यक आइसोलेशन कक्षको जिम्मा सरकारले लिनुपर्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: