- अर्थ सरोकार सम्बाददाता
चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित अस्पतालबाट भागेका छन् । अस्पतालमा उनलाई राखिएको कोठामा नभेटेपछि भागेको आशंका गरिएको हो । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । मंगलबार विहानैदेखि अस्पतालमा नभेटिएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।