- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जका दुई प्रमुख डाक्टरलाई कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डे र कोरोनाका फोकलपर्सन डा. संकेत रिसाललाई कोरोना संक्रमण पुष्टी भएको हो । अस्पतालका फोकलपर्सन डा. रिसाललाई हिजो नै कोरोना पुष्टी भएको थियो भने डा.पाण्डेको आज कोरोना पुष्टी भएको छ।
डा. पाण्डेले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमा लेखेका छन् । बाँकेमा अहिलेसम्म ८ सय ३५ जनालाई कोरोना संक्रमण भइसकेको छ। ६ सय ५४ जना डिस्चार्ज भउका छन् ।